काठमाडौँ, ८ वैशाख । नक्कली पीसीआर रिपोर्ट लिएर विदेश जान लागेका करिव २ सय यात्रुलाई आज विहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
ती यात्रीहरुलाई प्रहरीले सुराकीको आधारमा डिपार्चर हलबाट पक्राउ गरेको थियो ।
पक्राउ पर्ने दुईसय यात्रीहरुमा नेपाली, भारतीय र पाकिस्तानी रहेका छन् ।
ती यात्रुहरु मस्कट, कुवेत र शारजाह जान लागेको प्रहरीले जनाएको छ ।
‘नौ हजार रुपैयाँमा नक्कली पीसीआर नेगेटिभ लेखिएको रिपोर्ट बिक्री हुने गरेको वुझिएको छ ।
हाल भारतबाट मध्यपूर्वी जान रोक लगाइएकोले भारत, पाकिस्तान लगायतका छिमेकी मुलुकका यात्रु काठमाडौं हुँदै ती मुलुकमा जाने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर