काठमाण्डौं, ४ साउन । आज बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि ५ गते शुक्रबार विहान ११ बजे बस्ने गरी सकिएको छ ।

लगभग चौध महिनापछि बसेको कांग्रेसको यो बैठक यही साउन २ गतेदेखि जारी छ ।

बैठकमा नेताहरूले कांग्रेसको आन्तरिक नीति र कार्यक्रम, समसामयिक राजनीतिक, आर्थिकलगायतका विभिन्न विषयमा आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ ।

पार्टी सभापतिपति शेरबहादुर देउवाको सभापतित्वमा चलेको आजको बैठकमा ३५ जनाले केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राख्नुभएको जानकारी पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले गराउनुभएको छ ।

उहाँका अनुसार आजको बैठकमा  सुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, चन्द्रबहादुर के.सी., उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, राजेन्द्रकुमार के.सी., उमेश श्रेष्ठ, राजीवबिक्रम शाह, डा. चन्द्रमोहन यादव, सरस्वती बजिमय, चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही, ई. मोहन आचार्य, मुक्ताकुमारी यादव, रंगमती शाही, मञ्जुकुमारी यादव, प्रतिमा गौतम, अजयवावु शिवाकोटी, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल के.सी., आमन्त्रित केन्द्रीय सदस्य नारायणी रायमाझी र आमन्त्रित कोशी प्रदेशका सभापति उद्धव थापाले आ–आफ्ना धारणा राख्नु भएको थियो ।

नेताहरूले बैठकमा व्यक्त गरेको धारणा र गतिविधि कांग्रेसले उसको आधिकारिक वेभसाइट मार्फत सामाजिक सन्जाल फेसबुकमा सुरु दिनदेखि नै  प्रत्यक्ष प्रसारण गरेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर