नयाँ दिल्ली, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाललाइ भारतीय बिदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभएको छ ।
प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तरास्ट्रिय बिमानस्थलमा बिदेश राज्यमन्त्री लेखीले स्वागत गर्नुभएको हो ।
भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी हुनुहुन्ट । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा.प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत हुुनुहुन्छ ।
प्रधानमन्त्री दाहालले भोली भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय वार्ता गर्नुहुनेछ ।
