काठमाडौं – केहि हप्ता अघि सार्वजनिक गरिएको ‘नौडाँडा पारी २’ बोलको म्युजिक भिडियोको चर्चा पश्चात अस्ट्रेलियाको तास्मानिया बसोबास गर्दै आइरहेका लोकप्रिय संगीतकार टिका दहालले फेरि अर्को नयाँ म्युजिक भिडियो ‘हेरेको तिमीलाई’ सार्वजनिक गरेका छन्।
प्रेमिल शैलीको यस गीतमा लोकप्रिय गायिका मिलन नेवारको सुमधुर स्वर सुन्न सकिन्छ। युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ भने राहुल प्रधानको संगीत संयोजन रहेको छ। भिडियोमा गायिका एवम मोडल सिम्पल खरेल र मोडल कुन्साङ बोम्जनलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ।
उत्तम हुमागाईले छायाँकन गरेको यस भिडियोलाई हरि हुमागाईले सम्पादन गरेका हुन्। सिम्पल खरेलको निर्देशनमा तयार पारिएको भिडियो संगीतकार दहालको युट्युव च्यानल ‘टिका दहाल म्युजिक’ मार्फत सार्वजनिक भएको हो।
भिडियो लिंक: https://youtu.be/zzsX-oem1b4
