काठमाडौँ, २४ पुस । अमेरिकामा बसोबास गर्दै आइरहेकी गायिका एवम मोडल शान्ति गजमेर सुनारले आफ्नो नयाँ म्युजिक भिडियो ‘रिसाउ बरु सहन्छु’ सार्वजनिक गरेकी छिन्। यस गीतमा लोकप्रिय गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’को स्वर र संगीत समावेश छ। प्रेमिल शैलीको यसमा गीतमा शब्द नवराज भुमरी आचार्यको रहेको छ भने उदय राज पौडेलको संगीत संयोजन रहेको छ।

 

शान्ति गजमेर सुनार र प्रिन्स बिश्वकर्मा बिचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको भिडियोलाई सुजन श्रेष्ठले छायाँकन तथा दिन्सन शाहले सम्पादन गरेका हुन्। प्रनय सुनार निर्माता रहेको यस भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो। भिडियो ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

भिडियो लिंक: https://youtu.be/h0cwBOiuD-E

प्रतिक्रिया

सम्बन्धित खवर