काठमाडौँ, १८ कात्तिक । बैंकहरुले चर्को ब्याज असुल गरेको भन्दै माइतीघरमा मण्डलामा उद्योगी तथा ब्यापारीहरुले विरोध प्रदर्शन गरेका छन् ।
विरोध प्रदर्शन खाद्य व्यापार संघ, ललितपुर उद्योग वाणिज्य संघ, भक्तपुर उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र ऊनी फेल्ट उत्पादक तथा निर्यात संघव्दारा संयूक्त रुपमा गरेका हुन् ।
उद्योगी तथा व्यापारीहरुले पछिल्लो समय ब्याजदर चर्को भयो भन्दै देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेका छन् ।
