संखुवासभा, २१ असार । जिल्ला अदालत संखुवासभाले मादीमा भएको हत्याकाण्डमा संलग्न ४ जनालाई आजीवन कारावासको फैसला गरेको छ ।

२०७८ भदौ २१ का दिन मादी नगरपालिका १ उमलिङका एकै परिवारका ६ जनाको हत्या भएको थियो ।

उक्त दिन उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपीन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

उक्त हत्या प्रकरणमा संलग्न ५ जनामध्ये ४ जनालाई आजीवन कारावासको फैसला दिइएकोमा सो मध्ये हत्यामा संलग्न १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाई कारावासको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले उक्त फैसला गरेको अदालतका स्रेस्तेदार केदारप्रसाद गौतमले बताउनुभयो ।
उहाँका अनुसार ती चार जनाले मृतक परिवारको राहत कोषमा दुई र दुई लाख रुपैयाँ क्षतिपूर्ति रकमसमेत जम्मा गर्नुपर्ने आदेश दिएको छ ।
हत्यामा अभियोगमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए । उनीहरू सबै मृतक तेजबहादुर परिवारकै आफन्तहरू हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर