काठमाडौँ, २० मङ्सिर।  नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापतिमा पौडेल पक्षकाअमरसिंह पुन निर्वाचित हुनुभएको छ ।   सोमबार बिहान सकिएको मतगणनाअनुसार पुनले ८५२ मत  प्राप्त गर्नुभएको थियो ।  पुनका निकटतम प्रतिस्पर्धी सभापति  पक्षका भरतकुमार शाहले ७६७  मत प्राप्त गर्नुभएको छ। सभापतिमा निर्वाचित पुन पूर्व राज्यमन्त्री, संविधान सदस्य एवं नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति हुन्हुन्छ ।

उपसभापतिमा पुन समूहका भुवनप्रसाद श्रेष्ठ र शाह समूहका राजु खनाल निर्वाचित भएका छन्।महामन्त्रीमा पनि पुन समूहकै बिक्रम खनाल र सुरेन्द्रराज आर्चाय निर्वाचित भएका छन्। त्यसैगरी सहमहामन्त्रीमा पनि पुन प्यानलकै बिष्णु खनाल मुस्कान,  खगराज पाण्डेय    र निमा गिरी   विजयी भएका  छन्। अन्य पदको मतगणना जारीे छ । प्रदेश अधिवेशनमा कूल १ हजार ६३१ मत खसेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर