विराटनगर, २० मङ्सिर  ।   नेपाली कांग्रेसको प्रथम प्रदेश नं १ अधिवेशनबाट सभापति पदमा उद्धव थापा निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनबाट उहाँले ८४४ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४० मत प्राप्त गर्नुभएको थियो ।सभापतिमा विजयी थापा झापाका पूर्ब सभापति र सिटौला पक्षका स्थापित नेता भएकोले देउवा पक्षले समर्थन गरेको थियो ।

यसैगरी, उपसभापतिमा टङ्कप्रसाद राई र रमेशजङ्ग रायमाझी, महामन्त्रीद्वय उमेश थापा र भूपेन्द्र राई, सहमहामन्त्रीमा प्रमिलाकुमारी गच्छदार, खड्ग   फागो र विनोदकुमार बस्नेत विजयी हुनुभएको कांग्रेस मोरङले जनाएको छ । अन्य पदको मतगणना जारीे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर