काठमाण्डौं, १९ मंसिर । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा वीरबहादुर बलायर निर्वाचित हुनु भएको छ।

वलायर सभापति शेरबहादुर देउवा समूहका हुनुहुन्छ । बलायरले प्रतिस्पर्धी पौडेल पक्षका नरायणदत्त मिश्रलाई पराजित गर्नु भएको हो।  मत परिणाम अनुसार बलायरले ६ सय ८८ मत प्राप्त गर्नुभएको छ भने पराजित मिश्रले २ सय ८० मत मात्र पाउनुभएको छ । निर्वाचन समितिले जनाए अनुसार, हिजो भएको त्यहाँको मतदानमा १ हजार ३ मतमध्ये खसेको थियो ।

सो प्रदेशको उपसभापति पदमा जनकराज चौधरी ६१० र लोकराज अवस्थी विजयी हुनुभएको छ । चौधरीले ६ सय १० र अवस्थीले ५३३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी महामन्त्रीमा  मेघराज खड्का र नरनारायण शाह मनु विजयी हुनुभएको छ भने सहमहामन्त्रीमा खुलातर्फ  चिन्तामणी भट्ट र गोपाल दत्त भट्टले जित निकाल्नु भएको छ । सहमहामन्त्री महिलातर्फ अम्बिका कुमारी चलाउने निर्वाचित हुनुभएको छ ।

चुनावमा देउवा समूहबाट बलायर र पौडेलबाट मिश्र प्यानलै बनाएर उठेका थिए । सबै पदमा देउवा समूहले जित हासिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर