काठमाडौं, १३ साउन । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिस गरिएको नाम सर्वसम्मतबाट अनुमोदन भएको छ ।

अनुमोदित प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरु वाग्ले र डा राजीव सुब्बा रहनुभएको छ । दुई आयुक्तको सुनुवाइ मंगलबार भएको थियो भने प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ आज भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर