काठमाडौँ, १३ साउन । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्न सरकारसँग माग गरेको छ।
पार्टी प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमार्फत काँग्रेसले संवेदनशील परिस्थितिमा संयमित भूमिका निर्वाह गर्न आफ्ना सबै तहका नेता तथा कार्यकर्तालाई आग्रह गरेको हो ।
काँग्रेसले पीडित परिवारलाई सहयोग गर्न, घाइतेको उपचार तथा आवश्यक सहयोगमा जुट्न र समाजमा आपसी सद्भाव कायम राख्ने कार्यमा सक्रिय हुन पार्टी पंक्तिलाई आग्रह गरेको छ ।
