पोखरा, १९ मङ्सिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्माले अर्जुनप्रसाद जोशीलाई हराउँदै प्रदेशको पहिलो सभापति बन्न सफल हुनुभएको हो ।
सभापतिमा शर्माले ६१२ मत र प्रतिस्पर्धी अर्जुनप्रसाद जोशीले ५२८ मत प्राप्त गर्नुभएको थियो । जम्मा ११ सय ४६ मत खसेको थियो ।
त्यसैगरी उपसभापतिमा कल्पना तिवारी र र मेखलाल श्रेष्ठ विजयी हुनुभएको छ ।
महामन्त्रीमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने, सहमहामन्त्रीमा महिलातर्फ कोपिला रानाभाट त्यस्तै सहमहामन्त्री खुल्लामा रमेशकुमार पाण्डे र रामचन्द्र जोशी विजयी हुनुभएको छ । अन्य पदहरूको मतगणना जारी रहेको छ ।
