काठमाडौँ , ३ मंसीर । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी)सम्झौता बारे टुंगो लगाउन यही मंसिर २८ गतेसम्म समयसीमा दिनुभएको छ ।

सहायक विदेशमन्त्री लुले उक्त समयसिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग आज भएको भेटमा दिनुभएको हो ।

उहाँले अन्यथा सो सहयोग अमेरिकाले अन्यत्र लैजानेबारे विकल्प अघि बढाउने उहाँले बताउनुभयो ।

सहायक विदेशमन्त्री लुले उहाँहरुलाई समयसीमा तोकेर एमसीसीबारे निर्णय गर्न पनि आग्रह गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर