काठमाण्डौं, ३ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश सभा क्षेत्रीय तहको अधिवेशन आज ३ गते शुक्रबारबाट सुरु भएको छ ।

१४औं महाधिवेशनको लागि गठित काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार, पालिका तहका अधिवेशन भैसकेका जिल्लामा सो अधिवेशन हुन थालेको हो।

यसअघि १४ वटा जिल्लाका सबै तहको अधिवेशन सम्पन्न भइसकेको छ । केही विवादित ठाउँमा भने आज पनि प्रदेश सभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन हुने छैन ।

आज अधिवेशन हुन नसकेका जिल्लामा जिल्ला निर्वाचन अधिकृतले नै नयाँ मिति तोक्ने छन् र सोही अनुसार निर्वाचन हुनेछ ।

काँग्रेसको प्रदेश अधिवेशन भने यही मंसिर १६ र १७ मंसिरमा हुने निर्वाचन समितिको कार्यतालिका छ ।

प्रदेश सभा क्षेत्रको अधिवेशनबाट चुनिएका प्रतिनिधिले प्रदेश सभाको अधिवेशनमा भाग लिने र उनीहरूले नै प्रदेश सभा कार्य समिति चयन गर्ने छन् ।

काँग्रेसको केन्द्रीय महाधिवेशन यही मंसिरमा २४, २५ र २६ गते काठमाण्डौंमा हुने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर