काठमाडौं, १२ साउन।   सरकारले गण्डकी र लुम्बिनी प्रदेशका हालका प्रमुखहरू हटाएर त्यहाँ नयाँ प्रमुखहरू नियुक्त गर्ने निर्णय गरेको छ । ।

आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर ती ठाउँमा पृथ्वीमान सिंह गुरुङ र अमिक शेरचन नियुक्त गर्ने निर्णय गरेको हो ।

यो जानकारी सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभएको हो ।

सरकारको निर्णय राष्ट्रपतिसमक्ष सिफारिस भएर गएपछि प्रदेश प्रमुखको नियुक्ति राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

नेता शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख हुनुहुन्थ्यो । ओली सरकारले उहाँलाई गत वैशाख २० गते हटाएर त्यहाँ सीता पौडेललाई नियुक्त गरेको थियो ।

नव नियुक्त दुबै प्रमुख चितवनका हुन् ।शेरचन नेकपा माओवादी केन्द्रका नेता हुनुहुन्छ भने गुरुङ काँग्रेसका नेता हुनुहुन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुु भएको छ  ।   नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम दुई जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर