भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको आधिकारिकताबारे आफूलाई न्याय दिने विश्वास व्यक्त गर्नुभएको छ । पार्टीको विवादका विषयमा सर्वोच्च अदालतले उहाँको पक्षलाई निस्सा दिएपछि देउवाको त्यस्तो विचार आएको हो ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले ११३ औँ बीपी जयन्तीको अवसरमा आज भक्तपुरमा आयोजना गरेको ‘बिपी विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस विषयक’ विचार गोष्ठीमा बोल्दै उहाँले सर्वोच्चबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गर्नुभएको हो ।

रसुवा भोटेकोशी बाढीमा परेकाको छिटो राहत र उद्धारमा सरकार लाग्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा कांग्रेस नेताहरू शशाङ्क कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, विमलेन्द्र निधी, डा  प्रकाशशरण महत, विनोद कायस्थ, सुरेन्द्र श्रेष्ठलगायत नेताहरूले काँग्रेसलाई एक ढिक्का बनाएर लैजानु पर्ने र त्यसका लागि विधनसम्मत नियमित महाधिवेशनमा जानुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर