काठमाडौं, २७ साउन । अघिल्लो दिन ०.७९ अंक बढेकोमा आज नेप्से ०.५५ अंक बढेर २६४२ अंकमा कायम भएको छ ।
अघिल्लो दिन ४ अर्ब ११ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५३ करोडको भएको छ ।
लगानी समूह आज सबैभन्दा धेरै २.२१ प्रतिशत बढ्यो भने बैंकिङ ०.०५, फाइनान्स ०.२४ र होटल तथा पर्यटन ०.८५ प्रतिशत बढ्यो ।

विकास बैंक ०.२२, जलविद्युत् ०.४०, जीवन बीमा ०.१५, उत्पादन तथा प्रशोधन ०.७०, माइक्रोफाइनान्स ०.०५, निर्जीवन बीमा ०.०५, अन्य ०.१० तथा व्यापार ०.२१ प्रतिशत घट्यो ।

समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै १ अर्ब ५५ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३६ करोड, उत्पादन तथा प्रशोधन २८ करोड, लगानी ४२ करोठ रुपैयाँ बराबरको कारोबार भयो ।

आजबाटै कारोबारमा आएको माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो । सो वृद्धिपछि प्रतिकित्ता मूल्य ३४५ रुपैयाँ कायम भएको छ । त्यस्तै इमर्जिङ नेपालको ५.४८, एचआईडीसीएलको ४.९५, एनआरएन इन्फ्रास्ट्रक्चरको ३.८५ प्रतिशत मूल्य बढ्यो । अपर लोहोरेखोलाको मूल्य १५ प्रतिशत र महिला लघुवित्तको ५.१८, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.७४ प्रतिशत घट्यो ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, सेन्ट्रल फाइनान्स, सोलु हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र ङादी ग्रुप क्रमशः अगाडि रह्यो।

 

प्रतिक्रिया

सम्बन्धित खवर