काठमाडौँ, साउन २७ गते । नेपाल राष्ट्र बैङ्कले आज ९बुधबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ४० पैसा र बिक्रीदर १५३ रुपियाँ निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ७९ पैसा र बिक्रीदर १७६ रुपियाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपियाँ ७६ पैसा र बिक्रीदर २०६ रुपियाँ ५७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपियाँ ८८ पैसा र बिक्रीदर १८८ रुपियाँ ६२ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ५३ पैसा र बिक्रीदर १०७ रुपियाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ३७ पैसा र बिक्रीदर १०९ रुपियाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ ९६ पैसा र बिक्रीदर ११९ रुपियाँ ४२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५७ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ५९ पैसा र बिक्रीदर २२ रुपियाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ५९ पैसा र बिक्रीदर ४० रुपियाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ८० पैसा र बिक्रीदर ४१ रुपियाँ ९७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५९ पैसा र बिक्रीदर चार रुपियाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ५० पैसा र बिक्रीदर ४१ रुपियाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ २४ पैसा र बिक्रीदर ३७ रुपियाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ७६ पैसा र बिक्रीदर १० रुपियाँ ८० पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ०२ पैसा र बिक्रीदर १६ रुपियाँ ०८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ५१ पैसा र बिक्रीदर २३ रुपियाँ ६१ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ४२ पैसा र बिक्रीदर १९ रुपियाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपियाँ २६ पैसा र बिक्रीदर ४९८ रुपियाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपियाँ १९ पैसा बिक्रीदर ४०५ रुपियाँ ७८ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपियाँ ८३ पैसा र बिक्रीदर ३९७ रुपियाँ ३९ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर