काठमाडौ, २६ साउन । नेपाली कांग्रेस संस्थापनइतर पक्षले गर्न लागेको राष्ट्रिय भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले आगामी महाधिवेशनसहित पार्टीका निर्णयहरू यथास्थितिमा राख्न माग गर्दै पत्र पठाउनुभएको छ ।

कोइरालाले सभापति गगन थापा, केन्द्रीय कार्यसमिति, निर्वाचन आयोगलगायतलाई पत्र पठाएर महाधिवेशनसहित निर्णय यथास्थितिमा राख्न माग गर्नुभएको छ ।

पार्टीबारे सर्वोच्चले पुनरवलोकन निस्सा दिएकोले आगामी महाधिवेशनलगायत सम्पूर्ण निर्णयहरू यथास्थितिमा राख्न माग गर्दै शशांककोइरालाले आज केन्द्रीय समिति, सभापति थापा र निर्वाचन आयोगलगायतमा पत्र पठाउनुभएको हो ।

सभापति थापाले पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १६ देखि १५ औं महाधिवेशन हुने र तल्ला तहका अधिवेशन कार्यतालिका केही केन्द्रीय समितिबाट हेरफेर हुन सक्ने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर