काठमाडौ, १६ असार । आज नेप्से परिसूचक दोहोरो अंकले घटेर नेप्से २४.६३ अंकले घटेर दुई हजार ६ सय ८.३३ बिन्दुमा कायम भएको हो।

आज ८७ लाख ३७ हजार कित्ता सेयर तीन अर्ब २५ करोड ८७ लाख ५८ हजार रुपैयाँबराबरमा खरिद बिक्री भएको हो। अघिल्लो दिन दुई अर्ब ६७ करोडको सेयर कारोबार भएको थियो।

आज नेप्सेका १३ वटै समूहको सूचकमा पनि गिरावट आएको छ। वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समूह एक प्रतिशतभन्दा धेरैले घट्दा बाँकी समूहको सूचक एक प्रतिशतभन्दा कम छ।

बजार घटे पनि मंगलबार स्नो रिभर्समा सकारात्मक सर्किट लागेको छ। कर्पोरेट विकास बैंक र स्वाभिमान लघुवित्त क्रमशः १३ र १० प्रतिशतभन्दा धेरैले बढेका छन्। टक्सार पिखुवा खोला र यम्बलिङ हाइड्रोका लगानीकर्ताले क्रमशः १४ र आठ प्रतिशतभन्दा धेरै गुमाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर