ताप्लेजुङ, ८ असोज । ताप्लेजुङको दोभान बजारमा आज दिउसो भीषण आगलागी भएको छ । यकिन विवरण नआएपनि आगलागीबाट करिव एक दर्जन घर तथा पसल जलिसकेको बताइए प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चाँगे दोभानका प्रहरी अधिकारीका अनुसार आगो नियन्त्रणभन्दा बाहिर छ । यद्यपि फुङ्लिङ नगरपालिकाबाट गएको दमकल सहित सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणको प्रयास जारी छ ।

यसअघि २०७७ सालमा पनि दोभान बजारमा भीषण आगलागी भएको थियो । त्यसबेला भएको आगलागीबाट करिव ४० वटा बढी घर जलेर नस्ट भएका थिए । दोभान बजार मेरिङ्देन गाउँपालिका –३ खाम्लुङमा पर्छ भने मेरिङ्देन मैवाखोला र आठराइ त्रिबेणी गाउँपालिकाको सङ्गमस्थल हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर