काठमाडौँ, ८ असोजः नेपाली कांग्रेसको काठमाडौँ महानगरपालिका कार्यसमितिको सभापतिमा सुशन वैद्य निर्विरोध निर्वाचित हुनुभएको छ ।
कार्यसमितिको उपसभापति (खुला)मा शिवनारायण श्रेष्ठ, (महिला उपसभापति)मा पम्फा भट्टराई, सचिवमा पञ्चनारायण महर्जन र सहसचिवमा रमेश महर्जन निर्वाचित हुनुभएको निर्वाचन अधिकृत अनिता जोशीले जानकारी दिनुभयो ।
