गोरखा, ७ जेठः सगरमाथा आरोही गोरखाकी पूर्णिमा श्रेष्ठ आफ्नै कीर्तिमान तोड्दै छैटौँ पटक सगरमाथा शिखरमा पुग्नुभएको छ । ‘सतोरी एड्भेञ्चर’को टोलीसँगै उहाँ बुधबार सगरमाथा शिखरमा पुग्न सफल हुनुभएको हो ।

श्रेष्ठले यसअघि दुई हप्तामा तीनपटक सगरमाथाको आरोहण गर्दै ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा आफ्नो नाम दर्ज गराउनुभएको थियो । श्रेष्ठले सन् २०२४ मे महिनामा एउटै याममा १३ दिनमा सर्वाधिक (३ पटक) विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पाइला टेक्नुभएको थियो । श्रेष्ठले सन् २०२४ मे १२, मे १९ र मे २५ तारिखमा सगरमाथा आरोहण गर्नुभएको थियो । फोटो पत्रकारसमेत रहनुभएकी श्रेष्ठ गोरखाको आरुघाट गाउँपालिका आरुटार निवासी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर