काठमाडौ, १६ असोज । गत फागुनमा सम्पन्न निर्वाचनमा भर्ना भएका प्रहरीका लागि भएको कपडा खरिदका विषयमा सांसद मनीष झाको संयोजकत्वमा संसद्को सार्वजनिक लेखा समितिले अध्ययन समिति गठन गरेको छ ।
समितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य रहेका छन्।
पोसाक खरिदमा अनियमितता भएको उजुरी परेपछि त्यसमा अध्ययन हुन लागेको हो । प्रहरीले भने सम्बन्धित निर्वाचन प्रहरीलाई पोसाक खरिदको पैसा नगद नै दिइएकोले यसमा कुनै अनियमितता नभएको दाबी गरेको छ ।
