काठमाडौँ, ३ जेठः तेत्तिसौँ मदन(आश्रित स्मृति दिवसका अवसरमा आज नेकपा (एमाले) ले मदननगर बल्खुमा आयोजना गरेको स्मृतिसभामा दिवंगत नेताद्वय मदनकुमार भण्डारी र जीवराज आश्रितप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको छ ।

एमालेका तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको तस्बिरमा नेताहरुले श्रञ्द्धाज्ली अर्पण गर्नुभएको हो । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपाध्यक्षहरु रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट, महासचिव शङ्कर पोखरेल, नेताहरु केशव बडाल, युवराज ज्ञवाली, अमृतकुमार बोहरा, अष्टलक्ष्मी शाक्यलगायत सहभागी हुनुहुन्थ्यो ।

स्मृति दिवसका अवसरमा आज एमालेका अध्यक्ष केपी शर्मा ओलीले शोकसन्देश प्रकाशन गरेर नेताद्वयको विचार, योगदान र सङ्घर्षलाई सम्झँदा अघि बढ्न आह्वान गर्नुभएको थियो । स्मृति दिवसका अवसरमा आज एमालेले विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ ।

जननेता भण्डारी र नेता आश्रितको विसं। २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा निधन भएको थियो । जनताको बहुदलीय जनवाद (जबज) प्रतिपादन गरेका कारण नेपालमा कम्युनिष्ट पार्टीको लोकतान्त्रिकरणका सवालमा नेता भण्डारीको योगदानलाई उल्लेखनीय मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर