नयाँदिल्ली, ५ असार । ‘फ्लाइङ सिख’ को नामले चर्चित ९१ वर्षीय मिल्खा सिंहको हिजो राति चन्डीगढमा निधन भएको छ ।
सिंहलाई गत महिना कोरोना भाइरस संक्रमण भएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।
गत साता मात्रै कोरोना संक्रमणका कारण उनकी पत्नी निर्मल कौरको पनि निधन भएको थियो ।
सन् १९५८ को कमनवेल्थ गेम्स र १९६० को ओलम्पिक्समा सहभागी सिंहलाई संक्रमण भएपछि मे २४ मा मोहालीको निजी अस्पतालमा भर्ना गरिएको थियो ।
मे ३० मा उहाँलाई त्यस अस्पतालबाट डिस्चार्ज भएपछि जुन ३ मा पुनः नेहरु अस्पतालमा भर्ना गरिएको थियो । त्यति बेला उहाँमा अक्सिनको स्तर घटेको थियो ।

गत साताको बिहीबार मात्रै उहाँको कोभिड परीक्षण नेगेटिभ आएको थियो ।
उहाँको छोरा जीभ मिल्खा सिंहले इन्डियन एक्सप्रेसलाई भन्नुभएको थियो, ‘बुबा रहनु भएन ।

सिंहले सन् १९५८ मा टोकियोमा आयोजित एसियाली खेलकुदमा २०० र ४०० मिटरको दौडमा स्वर्ण पदक, सन् १९६२ मा जकार्तामा आयोजित एसियाली खेलकुदमा ४०० ४०० मिटर रिले दौडमा पनि स्वर्ण पदक जित्नुभएको थियो ।

मिल्खा सिंहको जीवनीमा आधारित राकेश ओमप्रकाश मेहराको निर्देशनमा वनेको चलचित्र भाग मिल्खा भाग निकै चर्चित भएको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर