काठमाडौँ, २४ वैशाख : संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोज शर्मालाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले आज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । बैठकपछि सभामुख डोलप्रसाद अर्यालले भावी प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस भएको जानकारी दिनुभयो ।

कामू प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाललाई छाडेर चौथो वरियताक्रममा रहेका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा प्रस्ताव गरेको हो ।

तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उमेरहदका कारण अवकाश पाएपछि सर्वोच्च अदालत विगत केही समयदेखि कामुको भरमा सञ्चालन हुँदै आएको थियो।

परिषद्ले सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरी राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । नियुक्तिपछि शर्मा ३३औं प्रधानन्यायाधीश बन्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर