काठमाण्डौं, ४ असार । नेपाली काँग्रेसका पुराना नेता एवं भूतपूर्व सांसद कृष्णसिंह परियारको आज शुक्रबार बिहान निधन भएको छ । उहाँ ७५ वर्षको हुनुहुन्थ्यो ।
उहाँ लामो समयदेखि मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो ।
परियार २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिसभाको सदस्य निर्वाचित हुनुभएको थियो ।
उहाँ नेपाली काँग्रेसको अत्यन्त निष्ठावान नेताका रूपमा चिनिनुहुन्छ । परियारका २ श्रीमती, ३ छोरी र ४ छोरा मध्य जेठी श्रीमतीको २ महिना पहिले कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनी कान्छी श्रीमतीसँग नेपालगन्ज १२ कोरियनपुरमा बस्दै आउनु भएको थियो ।
