गण्डकी, २ वैशाखः गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।
विसं २०७९ को निर्वाचनमा बागलुङ–२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित कुँवरले बुधबार प्रेदशसभाका सभामुख कृष्णप्रसाद धिताललाई राजीनामा पत्र पठाउनुभएको हो ।
सभामुख धितालले रासससँग कुराकानी गर्दै कुँवरको राजीनामा ‘ह्वाट्सएप’मार्फत आपूmलाई प्राप्त भएको जानकारी दिनुभयो । “उहाँको राजीनामा पत्र ‘ह्वाट्सएप’मार्फत मलाई प्राप्त भएको छ, प्रदेशसभा सचिवालयमा दर्ता भएपछि मात्र अरु कानुनी प्रक्रिया अगाडि बढ्छ”, सभामुख धितालले भन्नुभयो ।
नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य कुँवरले आजदेखि नै लागू हुने गरी उक्त पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ । उहाँले आज भएको प्रदेश सरकारको मन्त्रिमण्डल पुनःगठनप्रति असन्तुष्ट रहँदै राजीनामा दिएको बुझिएको छ । कुँवरले प्रदेशसभा सदस्यको पूर्ण कार्यकाल पूरा गर्न नसकेकामा मतदाताप्रति क्षमा माग्नुभएको छ ।
