काठमाडौँ, १८ कात्तिकः सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ ।अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
सुवेदीलाई आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।
नेपाल बिमा प्राधिकरणको अध्यक्षमा थापा नियुक्त
त्यसैगरी सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई नियुक्त गरेको छ ।
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
–––
