काठमाडौँ, २७ जेठ । पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ ।
निजामती सेवामा लामो अनुभव हासिल गर्नुभएका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि हुनुभएको थियो । उहाँले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेख्नुभएको छ । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।
वि.सं. २००० सालदेखि निजामती सेवामा प्रवेश गरेर निरन्तर २०४७ सालसम्म राष्ट्रसेवक बनेको झन्डै आधा शताब्दीको समय अधिकृतदेखि मन्त्रालयको सचिव, महालेखा परीक्षक (संवैधानिक अङ्ग प्रमुख) बन्न सफल उनलाई कहिले कतै घुसखोरी, कामचोरी, ढिलासुस्ती एवं अवगालको कलङ्क नटाँसिएको निष्कलङ्क राष्ट्रसेवकको रुपमा चिनिन्थ्यो ।
