काठमाडौँ, २६ जेठ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ सुरु भएको छ ।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेपछि सोमबार र मंगलबार सुनुवाइ हुन सकेको थिएन ।
सरकारी पक्षले न्यायाधीशद्वय दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईको निष्पक्षतामाथि प्रश्न उठाउँदै आइतबार इजलास अवरुद्ध बनाएको थियो ।
आजको इजलास सुरु हुनेबित्तिकै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार गठन भएकै इजलासलाई निरन्तरता दिने जानकारी गराउनुभएको थियो ।
यससँगै प्रतिनिधिसभा विघटनविरुद्धको शेर बहादुर देउवा लगायतको रिट निवेदनमा बहस शुरु भएको छ । निवेदकको तर्फबाट बहस गर्ने कानुन व्यवसायीलाई आधा घण्टाको समय दिइएको छ ।
