भद्रपुर, २५ असोज । यहाँको कमल गाउँपालिका–७ रङ्गपुर स्थित केराबारीबाट ५५ राउण्ड गोली फेला परेको छ ।

स्थानीय ५५ वर्षीय गङ्गाप्रसाद पाण्डेले गएराति केराबारीमा सेतो बोरामा गोली फेला पारेको बारे जानकारी गराएपछि गोली बरामद गरिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

पाण्डेको सूचनाअनुसार आज बिहान इलाका प्रहरी कार्यालय, दमकबाट खटिएको टोलीले बोरामा राखिएको अवस्थामा एसएलआर राइफलका ५५ राउन्ड गोली बरामद गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर