काठमाडौ, २१ असोज । आज नेप्से ५८.५५ अंक (२.१९ प्रतिशत)ले घटेर दुई हजार ६०४.९६ विन्दुमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.७० प्रतिशतले घटेको छ।

३२६ कम्पनीका एक करोड तीन लाख ४५ हजार कित्ता सेयर चार अर्ब ६२ करोड ९० लाख ४२ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। दसैँअघिको अन्तिम कारोबार दिनको तुलनामा कारोबार रकम भने वृद्धि भएको हो। उक्त दिन दुई अर्ब ७३ करोडको कारोबार भएको थियो।

आज नेप्सेका सबै समूहको सूचक घटेका छन्। अन्य समूह चार प्रतिशतभन्दा धेरै घट्दा विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत् र निर्जीवन बिमा दुई प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन्।

आज २३५ कम्पनीको सेयर मूल्य घट्दा १६ कम्पनीको मात्रै मूल्य बढेको छ। आज सिकलेस हाइड्रोपावर सर्वाधिक ७.७२ प्रतिशत बढ्दा थ्री स्टार हाइड्रो ६.६० प्रतिशतले उकालो लागेको छ।

घटेको बजारमा भूगोल इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशत मूल्य गुमाउँदा नेपाल रिइन्स्योरेन्स, माथिल्लो मैलुङ खोला र पन्चकन्यामाई हाइड्रो लगानीकर्ताले क्रमशः आठ, सात र ६ प्रतिशतभन्दा धेरै घटेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर