काठमाण्डौं, १९ जेठ । नेपाली काँग्रेसका सभपति शेरबहादुर देउवाले ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा न्यून गर्ने सरकारको कार्ययोजना घर लजाएर खरानी बेच्नु जस्तै हो भन्दै यो कार्ययोजना तुरुन्त फिर्ता लिन सरकारलई आग्रह गर्नुभएको छ ।
सरकारले गत १५ गते अध्यादेश मार्फत् ल्याएको वजेटमा ब्यापार घाटा न्यूनीकरण गर्ने कारण देखाई ढुंगा, गिटी, बालुवा निकासीको कार्यक्रम ल्याएको छ ।
सरकारको यो कार्यक्रमलाई देउवाले आाज बुधबार एक प्रेस वक्तव्य जारी गरी तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र भएको बताउनु भएको छ । देउवाका अनुसार, ‘ब्यापार घाटा न्यूनीकरण गर्न’ भन्ने नारा दिएर ढुंगा, गिटी, बालुवा निकासीको कार्यक्रम ल्याउनु ‘खरानीको ब्यापार गर्न घर जलाए जस्तो’ मात्रै हो ।
वक्तव्यमा उल्लेख छ : निश्चयनै देशले बर्सौंदेखि ब्यापार घाटा ब्यहोरिरहेको छ तर त्यसलाई न्यून गर्न या सन्तुलनमा ल्याउन तराई–मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम चाल्नु किमार्थ स्वीकार्य हुन सक्दैन र त्यो नै उचित विकल्प होइन ।
ढुंगा, गिटी, बालुवा निकासी गर्नेगरि हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दुरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिन चाहन्छ, देउवाले वक्तव्यमा उल्लेख गर्नुभएको छ ।
सभापति देउवाको वक्तव्य
