काठमाण्डौ, १९ जेठ । काठमाण्डौ उपत्यकामा लागु गरिएको निषेधाज्ञा पुनः जेठ ३१ गतेसम्मका लागि केही खुकुलो गरी थपिएको छ ।
कोरोनाभाइरस नियन्त्रणका लागि सो निषेधाज्ञा गरिएको थियो ।
यसअघि खाद्यान्न, किराना र डिपार्टमेन्ट स्टोरहरू बन्द गर्ने गरी निषेधाज्ञा लगाइएकोमा यसपटक भने ती बिहान ९ बजेसम्म खुल्न पाउने वताइएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रजिअहरूको आज वसेको बैठकले उक्त निर्णय गरेको हो ।
पछिल्लो हप्ता सङ्क्रमित हुनेहरूको सङ्ख्यामा केही कमी आएकाले यसपटक निषेधाज्ञा खुकलो पारिएका विषयहरु मध्ये खाद्यान्न र किराना पसलका साथै पाठ्यपुस्तक पसलहरू र विकास निर्माणका सामग्रीहरू राती ओसार्न पाइने र दिउँसो काम गर्न पाइनेछ ।

वैशाख १६ गते एक साताका लागि जारी गरिएको निषेधाज्ञाको अवधि पटकपटक थप गर्दै जेठ २० गतेसम्म कायम गरिएको थियो

करिब एक महिनादेखि निषेधाज्ञा तोकिएपनि सो प्रभावकारी हुन नसकेका कारण कोभिड१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशले सजाय र जरिबाना तोक्दै जिल्ला प्रशासनले गत हप्तादेखि निषेधाज्ञा निकै कडा गरेको थियो ।
सो अध्यादेशमा कुनै काम गर्न बाधा अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने, मापदण्ड पालना नगरे छ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने, अनुमतिविना चलाइएका सवारीसाधन सुरक्षाकर्मीले निश्चित समयका लागि नियन्त्रणमा पनि लिन सक्ने, अध्यादेश विपरीत काम गर्ने संस्था वा व्यवसायलाई प्रमुख जिल्ला अधिकारीले छ महिनासम्मका लागि बन्द गर्न आदेश दिन सक्ने उल्लेख गरिएको छ ।
अध्यादेश अनुसार निषेधाज्ञा पालना नभएमा जरिवाना तोकिएको र सो वमोजिम मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ, आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा उल्लङ्घन गर्नेलाई पटकैपिच्छे दुई सय रुपैयाँ,अनुमतिविना वा सुरक्षाकर्मीलाई सूचना नदिई अथवा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारीसाधन चलाएमा पटकैपिच्छे दुई पाङ्ग्रे सवारी भए दुई हजार र अन्य सवारी भए पाँच हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर