काठमाडौं , १९ जेठ  । नेपाली कांग्रेसका यूबानेता गगन थापाले सरकारले ढुंगा, गिटी र बालुवा निकासी गर्ने गरी बजेटमा व्यवस्था गर्नु नीतिगत भ्रष्टाचार भएको बताउनुभएको छ ।

सामाजिक सञ्‍जालमार्फत थापाले ‘संसद् नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा ‘नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’कार्यक्रम घुसाएको’ बताउदै थापाले
सरकारको यो कदमले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको  नभइ   ‘वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ प्रस्ट भएको छ,’ उहाले बताउनुभएको   छ  ।
सरकारले ल्याएको जनविरोधी कार्यक्रमलाई सफल हुन नदिने  र  यस्ता कार्यक्रम रोकेरै छाड्ने ट्वीट गर्दै उहाले बताउनुभएको   छ  ।

यस्तो छ थापाको ट्वीट

संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ।

वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशिल छ प्रस्ट भएको छ।

यो नीतिगत भ्रष्टाचार हो। आफ्ना यार लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुन छर्लङ्ग भएको छ।

चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरुभुमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटकपटक रोकेको हो।

यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ।

अदालतको आदेश, संसदीय समितिका पटकपटकका निर्देशन र नागरिक खवरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौँ नै।

आमजनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आह्वान गर्दछु।

 

प्रतिक्रिया

सम्बन्धित खवर