काठमाडौँ, २७ भदौ : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति जुटेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आजै प्रधानमन्त्री पदको शपथ खुवाउने तयारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

दल र संविधानविद्हरूले संविधान नमासिने गरी कदम चाल्न सुझाएका थिए । राष्ट्रपति संविधानको संरक्षक भएकाले उनले पाएको अधिकारअन्तर्गत गैरसांसद कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरिएको हो । जेनजी आन्दोलनकारीहरूको मागअनुसार नै कार्कीको नाममा सहमति जुटेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर