काठमाडौँ, २४ भदौः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिनुभएको छ ।

मन्त्री अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत पदबाट राजीनामा दिएको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउन आफू प्रधानमन्त्री निवासतर्फ जान लागेको राससलाई जानकारी दिनुभयो । देश र जनतासमक्ष क्षमायाचना गर्दै आफूले पदबाट राजीनामा गरेको मन्त्री अधिकारीले बताउनुभयो ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन् । कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर