काठमाडौं, १६ भदौ । दार्चुलाको नौगाड खोलामा अटो खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
नौगाड गाउँपालिका ५ स्थित सौकेबगर नजिकै सोमबार साढे १ बजेको समयमा म १ ह ११४८ नम्बरको अटो नौगाड खोलामा खसेको दार्चुलाका प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा पहिचान खुल्न नसकेकी करिब ११ वर्षकी बालिका रहेकी छन् । अन्य दुई जना महिला भने बेपत्ता छन् । बेपत्ता दुई जनाको खोजी कार्य जारी छ ।
‘अटोमा चालकसहित ५ जना सवार थिए । ५ जना मध्ये चालक मणिराज भुल र उनका छोरा आयुष भुल सकुशल छन् । आयुषको हात भाँचिएको छ ।’
होपरी गाडबाट गोकुलेश्वर तर्फ आइरहेको अटो अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खोलामा खसेको थियो ।
