काठमाडै, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको आज भएको भेटवार्तामा चीन र भारतबीच नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने गरी भएको सम्झौताप्रति नेपालको गम्भीर आपत्ति रहेको बताउँनुभयो ।

उहाँले सुगौली सन्धि अनुसार उक्त भूमि नेपालको भएको पनि उहाँले स्मरण गरानुभयो ।

चीनको थियानजिनस्थित अतिथि गृहमा उक्त भेट वार्ता भएको थियो ।
भेटवार्तामा प्रधानमन्त्री ओलीले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको सार्वभौम भूमि भएको स्पष्ट पार्नुभयो ।

भेटपछि परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सो बारे जानकारी दिँदै भन्ुभयो , ‘प्रधानमन्त्रीज्यूले सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभाग नेपालको भएको स्पष्ट पार्दै चीन भारत सम्झौताप्रति नेपालको आपत्ति रहेको कुरा राख्नुभयो।’

सचिव राईका अनुसार, भेटका क्रममा दुई देशबीचको मित्रवत् सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा पनि कुराकानी भएको थियो। सम्बन्ध र सहकार्यलाई थप अभिवृद्धि गर्न दुवै देशका विद्यमान संयन्त्रहरूलाई सक्रिय बनाउने समझदारी बनेको छ।

प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा हुुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर