काठमाडौ,१३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा भोलीदेखि हुने चीन भ्रमणाबारे आज जानकारी दिनुभएको छ ।
आज प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी दिनुभएको हो ।

आज बिहानै बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको थियो।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेको हो ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेटवार्ता गर्ने तय भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले आफनो भ्रमणबारे जानकारी दिने क्रममा आसन्न चीन भ्रमणका क्रममा आफ्नो प्रतिनिधिमण्डलले नेपालको हित र प्रतिष्ठा माथि उठाउने बचन दिनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर