महोत्तरी, ९ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक प्रतिकूलतालाई चिर्दै समृद्धि अभियानमा अघि बढेको वर्तमान सरकार जनताका साथमा रहेको बताउनुभएको छ ।

आज महोत्तरीको मटिहानी नगरपालिका–६ मा निर्मित अत्याधुनिक सेवा सुविधासहितको प्रसूतिगृहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आमजनताको सक्रिय सहभागितामा समृद्धिको यात्रा सफल हुने भएकाले त्यसमा सरिक हुन सबैसँग अनुरोध गर्नुभयो ।

नवनिर्मित प्रसूतिगृहले यस भेगका महिलालाई दिने सेवाले सुत्केरी अवस्थाको जोखिम न्यूनीकरणमा योगदान दिने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रसूतिगृहको उद्घाटन भएसँगै यस भेगका गर्भवतीलाई राहत मिल्ने र उपचारका अभावमा यसअघि व्यप्त मातृशिशु समस्या समाधान हुने धारणा व्यक्त गर्नुभयो ।

नवनिर्मित प्रसूतिगृहमा सुत्केरी कक्ष, शल्यक्रिया कक्ष, एनआइसी कक्ष, ओपिडी कक्ष, नर्सिङ कक्ष, फार्मेसी, प्रतिक्षालय र सोधपुछ कक्षसहितका कोठा छन् । बिजुली, खानेपानी र शौचालय सुविधासहितको सो प्रसूति गृह सङ्घीय सरकार र मटिहानी नगरपालिकाको संयुक्त लगानीमा रु एक करोड ८८ लाखको लागतमा निर्माण सम्पन्न भएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो ।

 संयुक्त सरकारले विकासको लहर ल्याएको छ : प्रधानमन्त्री ओली

प्रतिक्रिया

सम्बन्धित खवर