काठमाडौँ, १९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच राजनीतिक छलफल भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयमा भएको छलफलमा भिजिट भिसा प्रकरणमा माओवादीसहित प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरोध भएको लगायतका विषय थिए ।

उक्त छलफलमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा सदस्य कृष्णबहादुर सिटौला, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका नेताहरू देव गुरूङ, हितराज पाण्डे र महिन्द्र राय यादव सहभागी छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर