काठमाडौ, ९ असोज । एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरुष क्रिकेट तर्फको आफ्नो पहिलो खेलमा नेपालले अफगानिस्तानलाई हराएको छ।

जापानको निसिनमा आज भएको खेलमा नेपालले टेस्ट टोली अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

समूह ‘ए’ मा रहेको नेपालले अफगानिस्तानसँगको खेलमा ५ विकेटको जित निकाल्दै प्रतियोगितामा २ अंक हासिल गरेको छ। यसअघि अफगानिस्तानले जापानलाई हराएर २ अंक हासिल गरेको थियो।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई १ सय ३ रनको लक्ष्य प्रतस्तु गरेको थियो। जवाफमा नेपालले उक्त लक्ष्य १६ बल बाँकी हुँदै ५ विकेट गुमाएर पुरा गरेको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर