काठमाडौँ, ९ जेठ। प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति कार्यालय शीतलनिवास बाहिर प्रदर्शन गरेको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन सदर गरेर निर्वाचन मिति घोषणा गरेपछि नेपाल विद्यार्थी संघले शीतलनिवास बाहिरको सडक प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

विघटनविरुद्ध प्रदर्शन गर्ने युथ काँग्रेस नेपालका कार्यकर्ता तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रपति भवन शितल निवासअगाडि पुगेका प्रर्दशनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनमा उत्रिनै लागेका उनीहरुलाई समातेर प्रहरीले भ्यानमा राखेर प्रहरी कार्यालय लगेको छ

नेविसंघ पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलगायत विद्यार्थीहरु बानेश्वरबाट पक्राउ परेका हुन् ।उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने भन्दै प्रदर्शन गरेका थिए ।

सरकारले संक्रमण बढेको भन्दै नियन्त्रणको लागि निषेधाज्ञा गरेको छ । निषेधाज्ञा उल्लङघन गरेकाले प्रर्दशनकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर