काठमाण्डौं, २९ बैशाख । यसपालीको इंग्लिस प्रिमियर लिगको च्याम्पियन टोली लिभरपुललाई आर्सनलले हिजो बराबरीमा रोक्यो । आइतबार एन्फिल्डमा भएको खेलमा दुबैले २–२  गोल गरेर  बराबरीमा अंक बाँडेका हुन् । यो बरावरीले गर्दा आर्सनलले अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुने स्थिति पक्का गर्न सकेन तर आशा बलियो बनाएको छ ।

दोस्रो स्थनमा रहेको आर्सनल छैटौं स्थानको एस्टन भिल्लाभन्दा ५ अंकले अगाडि छ । अब सबैले २/२ खेल खेल्न बाँकी छ ।

अंकका हिसाबले चार खेल अगावै उपाधी सुनिश्चित गरिसकेको लिभरपुलको ८३ र आार्सनलको ६८ छ । तेस्रो स्थानमा न्युकासलको ६६ र चौथोमा रहेको सिटीको ६५ अंक छ ।  चेल्सी ६३ अंकसहित पाँचौंमा छ भने एस्टन भिल्ला ६३ अंकैसाथ छैटौंमा छ ।

यसपल्ट इंग्ल्यान्डबाट ६ टिमले अर्को सिजनको च्याम्पियन्स लिगमा भाग लन पाउने छन् । त्यसमध्ये पाँच टिम लिगको शीर्षमा रहने छन् । अर्को छैटौं टिम भने युरोपा लिग विजेता हुनेछ ।

हिजोको अर्को खेलमा रेलिगेसनमा परिसकेको लेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–२ को बराबरीमा रोक्यो।  च्याम्पियन्स लिगमा छनोटका लागि प्रयासरत फरेस्टका लागि यो नतिजा गम्भीर धक्का रहेको छ । फरेष्ट ६२ अंककासाथ सातौ स्थानमा छ । रेलिगसनमा परेको लेस्टरको  ३१ अंक भएको छ ।

हिजै वेस्ट ह्यामले युनाइटेडलाई २–० ले हरायो भने टोटनहमलाई क्रिस्टल प्यालेसले २–० ले हराएको छ ।  न्युकासल युनाइटेडले दस खेलाडीमा सीमित चेल्सीलाई २–० ले पराजित गरेको छ र  यो नतिजाले शीर्ष पाँचको समीकरणमा ठूलो प्रभाव पार्नेछ । यो नतिजापछि न्युकासलले अर्को सिजन च्याम्पियन्स लिगमा खेल्ने सम्भावना बलियो भएको छ ।

शीर्ष चारको लागि संघर्ष गर्दै रहेको सिटी शनिबारको खेलमा साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएको थियो । लिग तालिकाको पुछारमा रहेको टिमसँगको बराबरी सिटीका लागि ठूलै धक्का बन्न पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर