सुनसरी, ५ बैशाख । सुनसरीको कोशी गाउँपालिका–६ मा हिजो बिहीबार आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ ।

गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो फैलिएर आगलागी  भएको बताइएको छ । सो आगलागीबाट  पाँच परिवरका १० वटा घर जलेर नष्ट भएको छ । जसमा ६० लाख बराबरको क्षति भएको स्थानीय वीरेन्द्रकुमार यादवले बताउनुभयो।

स्थानीय बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा ६० लाख बराबरको क्षति भएको उहाँले बताउनुभयो। आगलागीमा स्थानीय बाबुनन्द गोइतको एक लाख नगद नै जलेर नष्ट भएको छ ।

त्यसैगरी, आगलागीमा घरभित्र रहेका फर्निचरसहित सम्पूर्ण सामग्री, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिनुभयो।

आगलागी स्थानीय बाबुन्दको घरबाट सुरु भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, कोशी गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर