
काठमाण्डौं, ४ बैशाख । इंग्लिस क्लब आर्सनल च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।
गए राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब रियल मड्रिडलाई २-१ ले पराजित गर्दै आर्सनल सेमिफाइनलमा पुगेको हो । दुई लेगबाट आर्सनलले ५ अंक बनायो भने रियल जम्मा १ अंकमा खुम्चियो । पहिलो लेगमा आर्सनलले रियललाई ३ -० ले हराएको थियो ।
गएराति सान्टियागो बर्नबेउमा भएको खेलमा पाहुना टोली आर्सनलका बोकायो साकाले ६५औँ मिनेट र नब्बे मिनेटपछिको थप समयमा मार्टिनेलीले गोल गरेका थिए ।
रियलका भिनिसियस जुनियरले ६७औं मिनेटमा गोल गरेका थिए ।तर पहिलो लेगमा तीन शून्यले पराजित रियलले त्यसपछि गोल फर्काउन सकेन ।
यो हारसँगै १५ पटकको च्याम्पियन रियल मड्रिय च्याम्पियन्स लिगको सेमिफाइनलबाट यसपटक बाहिरिएको छ।
यस प्रतियोगिताको यस्तै अर्को खेलबाट बार्यन म्युनिखलाई हराउँदै इन्टर मिलान सेमिफाइनलमा पुगेको छ। अब फाइनल प्रवेशका लागि पीएसजी र आर्सनल तथा बार्सिलोना र इन्टर मिलानबीच प्रतिस्पर्धा हुनेछ।